थानकोटमा गणेश पूजा सम्पन्न
थानकोट ।
काठमाण्डाैका प्राचीन नेवाः बस्तीहरू मध्येको एक थानकोटमा गाईजात्रा पर्वको अघिल्लो दिन (क्वाति पुन्हिका दिन) वर्षेनी गरिने गणेश पूजा सम्पन्न भएको छ ।
स्थानीय कोतघर पूजा गुठीले गणेशको मूर्तिमा बिहीबार विधिवत् पूजा गरेका हुन् ।
पूजा गुठी समितिले पूजा गरेपछि गणेशको मूर्ति थानकोट गाउँ घुमाउने परम्परा अनुसार बिहीबार गाउँ परिक्रमा गराई मूर्ति यथास्थानमा विराजमान गराइएको चन्द्रागिरि नगरपालिका-४ थानकोटका वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
हिन्दू सभ्यतामा कुनै शुभकार्यको सुरूवात अघि गणेश भगवानको पूजा गर्ने चलन रहि आएको छ ।
गाईजात्राका दिन थानकोटमा गाईजात्राका अतिरिक्त सिफाफल पोखरीमा राँगोको टाउको डुबाउने जात्रा धुमधामका साथ मनाउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिथि अनुसार एकै दिन बिहीबार जनैपूर्णिमा र गाईजात्रा पर्व परेको जानकारी सार्वजनिक गरे पनि चन्द्रागिरि नगरका केही वडामा बिहीबार तथा केहीमा शुक्रकार गाईजात्रा मनाउने निर्णय भएको छ ।
फाइल फोटो
चन्द्रागिरि नगरमा फरक-फरक मितिमा सापारु (गाईजात्रा) मनाउने निर्णय भएसँगै चर्को आलोचना












