सुन चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको छ ।

हिजो एक लाख १२ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ९५० रुपैयाँमा तेजाबी सुन र १४ सय ८० रुपैयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *