माओवादीको अभियान उद्घाटनमा प्रधानमन्त्री प्रचण्डसहित ३ नेता चन्द्रागिरिमा खटिँदै
थानकोट ।
सत्तारूढ नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान भोलि भदाै १६ गतेबाट सुरु हुँदैछ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को उद्घाटन शनिबार प्रधानमन्त्री समेत रहेका सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित घट्टेडाँडा पार्कबाट सो अभियानको उद्घाटन गर्ने तालिका रहेको बताइएको छ । यद्यपी प्रधानमन्त्री दाहालले भर्चुअल माध्यमबाट सो अभियानको सुरुवात गर्ने तयारी भइरहेको छ ।
यद्यपी सो पार्टीका उपमहासचिव जनार्दन शर्मा तथा कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि आउने बताइएको छ ।
अभियानका लागि माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहमा नै पठाउँदैछ ।
माओवादीले पदाधिकारीहरूलाई विभिन्न वडाको उद्घाटनको जिम्मेवारी दिएको छ ।
हेर्नुहोस् पदाधिकारीलाई कहाँ खटाइयो ?













