एकीकृत समाजवादी काठमाडाैं क्षेत्र नंं १० को संयोजकमा भाइकृष्ण बलामी चयन
थानकोट ।
नेकपा एकीकृत समाजवादीको काठमाडाैं क्षेत्र नं. १० को संयोजकमा चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँ निवासी भाइकृष्ण बलामी चयन भएका छन् ।
शुक्रबार बसेको नेकपा एकिकृत समाजबादी काठमाडौ जिल्ला सचिवालय बैठकले सो पार्टीको चन्द्रागिरि नगर कमिटि संयोजक समेत रहेका बलामीलाई काठमाडौ क्षेत्र नं. १० को संयोजकमा चयन गरेको बताइएको छ ।












