जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्न चन्द्रागिरिमा आउँदै प्रधानमन्त्री प्रचण्ड

Thankot Times

थानकोट ।

सत्तारूढ नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आज शनिबारदेखि सुरु हुँदैछ । 

२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान चन्द्रागिरि नगरपालिका २ बाँडभञ्ज्याङस्थित घट्टेडाँडा पार्कबाट सुरु हुँदैछ ।

अभियानको उद्घाटन सो पार्टीका अध्यक्ष  पुष्पकमल  दाहाल  ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्ने  छन्  ।  प्रधानमन्त्री  प्रचण्डले  बिहान ९ बजे  प्रधानमन्त्रीको  सरकारी  निवास  बालुवाटारबाट उद्घाटन गर्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुने छन् ।

अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ ।

स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *