लापसे गरी सवारी साधन हाँक्ने २ जना चालक नागढुंगाबाट ट्राफिक प्रहरीको नियन्त्रणमा

Thankot Times

थानकोट ।

नागढुङ्गा नाकामा शुक्रबार गरिएको लापसे चेकिङका क्रममा २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा. २ ज. ३२८७ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका १३ बस्ने सुरेश तोलाङ्गे र बा. ५ ख. २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ बस्ने २३ वर्षीय भुवन सुर्खेती लागु पदार्थ सेवन गरि सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् ।

नियन्त्रणमा लिएका ‍ दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट ल्याइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले सवारी साधनलाई चेकजाँच गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *