चन्द्रागिरि-२ घट्टेडाँडाबाट प्रधानमन्त्री प्रचण्डले यसरी गर्दैछन् वडास्तरको अभियान उद्घाटन
थानकोट ।
नेकपा माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।
दिउँसो १ बजे चन्द्रागिरि-२ घट्टेडाँडाबाट प्रधानमन्त्री दाहालले वडास्तरको अभियानको उद्घाटन गर्दैछन ।
शुरूमा उनले पार्कभित्र एभोकार्डो लगायत फलफूलको बिरूवा रोप्ने, त्यसपछि जनतासँग प्रत्यक्ष छ्लफल गर्ने कार्यक्रम रहेको छ । त्यसपछी सम्बोधन गर्ने चन्द्रागिरि नगरपालिकामा खटिएका नेता माधव सापकोटाले जानकारी दिए ।
गएको स्थानीय तह निर्वाचनमा माओवादीले प्यानल नै जितेको हुनाले अभियानको सुरूवात चन्द्रागिरि नगरपालिका वडा नं. २ बाट गर्न लागिएको हो ।












