नागढुंगा सुरुङ मार्ग आयोजना प्रमुखलाई प्रधानमन्त्री प्रचण्डको फोन, ७ दिनभित्र प्रतिवेदन पेश गर्नु
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागढुंगा सुरुङ प्रभावित चन्द्रागिरि नगरपालिका-०२ बाँडभञ्ज्याङका स्थानीयका समस्याका विषयमा ७ दिनभित्र सुझावसहितको प्रतिवेदन आफुलाई बुझाउन सुरुङ मार्ग आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।
शनिबार चन्द्रागिरि नगरपालिका २ बाँडभञ्ज्याङस्थित घट्टे डाँडामा आयोजित जनतासँग माओवादी विशेष अभियानका उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले स्थानीयहरूको गुनासो सुन्दै सो को समाधानका लागि नागढुंगा सुरुङ मार्ग आयोजना प्रमुख नवीनमान श्रेष्ठलाई कार्यक्रमस्थलबाटै फोन गरेका थिए ।
सुरुङ मार्ग निर्माणका क्रममा विस्पोट गर्दा स्थानीयका भाैतिक संरचनामा क्षति पुगेको, सुरुङ मार्ग खन्दा खानेपानीका स्रोत सुकेको तथा प्रभावित क्षेत्रमा राहतका विषयमा प्रधानमन्त्री दाहालले आयोजना प्रमुख श्रेष्ठलाईसमस्या ७ दिनभित्र सुझावसहित आफुलाई बुझाउन निर्देशन दिएका हुन् ।












