नित्यकल्याण बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोटमा रहेको नित्यकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीकाे प्रमुख आतिथ्यमा सम्पन्न नित्यकल्याण बहुउद्देश्यीय सहकारी को तेस्रो साधारण सभामा चन्द्रागिरि नगरपालिका आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्का, राष्ट्रिय सहकारी बैंक बलम्बुका प्रमुख कला थपलियाको समेत उपस्थिति रहेको थियो ।
सो क्रममा संस्थाका अध्यक्ष हिरा गिरीले गत आर्थिक वर्षको वित्तिय प्रगति तथा अन्य प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाको तेस्रो साधारण सभाको अवसर पारेर संस्थाका जेष्ठ सदस्य, बालबालिका सदस्य, उत्कृष्ट बचतकर्ता सदस्य लगायतलाई सम्मान गरिएको सो सहकारीका व्यवस्थापक अनन्त गिरीले जानकारी दिनुभयो ।
साधारण सभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मत पारित गर्ने क्रममा सो सहकारीका संचालक समिति, लेखा सुपरिवेक्षण समिति , ऋण उप-समिति , शिक्षा उप-समिति, पूँजी व्यवस्थापन उप-समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु लगायतका उपस्थिति रहेको थियो ।
गत साउन ३२ सम्मको विवरण अनुसार हाल नित्यकल्याणमा ८४ लाख ८० हजार शेयर पुँजी रहेको छ भने कुल सम्पत्ति २ करोड ८ लाख १५ हजार ९ सय ५२ रूपैयाँ २ पैसा रहेको छ ।














