सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *