जन्मदिन मनाउन चन्द्रागिरि आउनेलाई सितैमा केबलकार चढ्न पाउने अफर सार्वजनिक
थानकोट ।
चन्द्रागिरि हिल्स लिमिटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले नयाँ अफर सार्वजनिक गरेको छ ।
कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन चन्द्रागिरि आउने जो कोहीलाई कम्पनीले चन्द्रागिरि केवलकारको टिकट निःशुल्क गरिदिएको छ ।
यस्तै, अतिरिक्त अफरहरु समेत घोषणा गरेको छ । जसअन्तर्गत जन्मदिन मनाउन चन्द्रागिरि आउने व्यक्तिलाई स्वीङ र जीपलाइन खेल्दा ५० प्रतिशत छुट हुनेछ ।
चन्द्रागिरि पछिल्लो समय काठमाण्डौं र आसपासका बासिन्दाका लागि राम्रो पर्यटकीय गन्तव्य बनेको छ ।
केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न चाहने, विभिन्न खेलहरुको मज्जा लिन चाहने तथा सपरिवार स्तरीय रिसोर्टमा बसेर प्राकृतिक आनन्द लिन चाहनेहरुका लागि यो गन्तव्य चर्चित बनिरहेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेड सेयर बजारमा समेत सूचीकृत कम्पनी हो ।
यो कम्पनीको दोश्रो बजार मूल्य हाल प्रतिकित्ता १२३५ रुपैयाँ रहेको छ ।
पर्यटकीय चहलपहल बढेसँगै यो कम्पनीको पछिल्लो समयको वित्तीय अवस्थामा समेत सुधार हुँदै गएको छ ।













