नागढुंगा नाकाबाट यसकारण पक्राउ परे २० वर्षीय मुन्नालाल

Thankot Times

थानकोट ।

नेापल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, नुर्फिन १ सय ९८ एम्पुल र डाईजेपाम १ सय ९८ एम्पुलसहित पर्सा पोखरीया नगरपालिका-५ घर भएका २० वर्षीय मुन्नालाल पटवालाई मंगलबार बिहान पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङगा तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ना.६ ख. ७०३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *