सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँले घट्याे
थानकोट ।
काराेबार हुने साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर एक लाख १३ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।













