नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
थानकोट।
कारोबार हुने साताको अन्तिम तथा छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













