लिटमस केबल्सको ह्यालोजनमुक्त तार ‘इकोवायर-जेडएच’ बजारमा
थानकोट ।
लिटमस केबल्सले जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–जेडएच बिक्री वितरण शुरू गरेको छ ।
ह्यालोजनमुक्त इकोवायर-जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिने कम्पनीको विश्वास छ ।
‘आवासीय भवनदेखि व्यावसायिक स्थलहरूमा पनि अत्यधिकरुपमा बिजुलीका तारहरू प्रयोग गरिएको हुन्छ ।’ कम्पनीबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘नवीनतम प्रविधियुक्त इकोवायर–जेडएचले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँछ ।’
इकोवायर-जेडएच सार्वजनिक कार्यक्रममा उद्योगका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथा प्लम्बिङ्गमा आबद्ध प्राविधिकहरू, परामर्शदाताहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लिटमस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निर्देशक रोहित गुप्ताले इकोवायर-जेडएच नेपालमै पहिलो ह्यालोजनमुक्त एकमात्र तार भएको बताए ।
आगामी दिनमा पनि ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँनयाँ प्रविधि तथा नवीनतम उत्पादनहरू बजारमा ल्याउने उनको प्रतिबद्धता थियो ।













