हेटौंडामा आज समाजवादी मोर्चाको सन्देश सभा

थानकोट ।

माजवादी मोर्चाले वाग्मती प्रदेशस्तरीय सन्देश सभा आज मकवानपुरको हेटौँडामा गर्ने भएको छ ।

शनिबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरूले उक्त सन्देश सभाबारे जानकारी गराएका हुन् ।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय गरिएको र सोहीअनुसार हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् । आजै समाजवादी मोर्चाको वाग्मती प्रदेश कमिटीको घोषणा गर्ने तयारी छ ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *