थानकोटमा बिहानै राँगो आतंक, सडकमा हिंडिरहेका २ जना घाइते

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा न. ४ थानकोटमा राँगोले हान्दा २ जना पुरुष घाइते भएका छन् ।
थानकोट टेकानपुरमा सोमबार बिहान करिब ६ बजे मर्निङ्ग वाल्कमा निस्किएका अनुप श्रेष्ठ राँगोले हान्दा घाइते भएका हुन् श्रेष्ठलाई बचाउन पुगेका अर्का पुरूष शरणदास श्रेष्ठ पनि घाइते भएका छन् ।

गोदाम क्षेत्रबाट आएको भनिएको सो राँगो अहिले नियन्त्रणमा लिइसकिएको स्थानीय मोहनलाल डाँगीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । काट्न लागेको अवस्थामा सो राँगो भागेको देखिएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
घाइते श्रेष्ठको स्थानीयहरुले उद्दार गरी अस्पताल पुर्याएका छन् ।

थानकोट क्षेत्रमा समयसमयमा राँगोले आतंक मच्चाउने गरेको छ ।

चन्द्रागिरि नगरपालिका–४ थानकोटको गोदाम आसपासका क्षेत्रमा मासु प्रयोजनका लागि राँगाहरु पाल्ने र काट्ने गरिन्छ । स्थानीयहरूले सो क्षेत्रमा पटक पटक राँगाे आतंक हुने गरेको भन्दै राँगा बधको कार्य व्यवस्थित हुनुपर्ने माग गर्दै आएका छन् ।

गत वर्ष साउन १३ गते पनि यस क्षेत्रमा राँगो आतंक मच्चाएपछि प्रहरीले गोली हानी सो राँगो नियन्त्रणमा लिएको थियो ।

यसअघि २०७५ साल फागुनमा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँबाट भागेको राँगोको आक्रमणबाट थानकोट चेकपोष्टमा स्थानीय कान्छा श्रेष्ठको ज्यान गएको थियो । सो राँगोलाई प्रहरीले दहचोकमा गोली हानेर मारिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *