सुनचाँदीको मूल्य बढ्यो, जान्नुहोस कतिमा हुँदैछ कारोबार

Thankot Times

थानकोट ।

नेपाली बजारमा कारोबार हुने साताको दोश्रो दिन सोमबार सनुचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन तोलाको एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *