चन्द्रागिरि साकोसको भ्रमणमा एसिया महादेशका सहकारीकर्मीहरू

Thankot Times

थानकोट ।

एसियाली ऋण महासंघको आयोजना र नेफ्स्कुन तथा राष्ट्रिय सहकारी बैंकको सहयोगमा नेपालमा आयोजना भईरहेको आकु फोरम २०२३ का सहभागीहरुले बिहीबार चन्द्रागिरि साकोसको भ्रमण गरेका छन् ।

भ्रमणमा आएका सहभागीलाई संस्थाले सदस्यहरुको उत्पादनहरुको प्रदर्शनी गर्नुको साथै औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाका गतिविधिहरुको बारेमा जानकारी गराइएको सहकारीले जनाएको छ।

एसियाका विभिन्न देशहरुबाट उपस्थित प्रतिनिधिहरुले एक आपसमा सिकाई आदान प्रदान गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सहभागीहरुलाई स्वागत गरेका थिए भने संस्थाको विभिन्न गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी गराएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *