सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको पाँचाै दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
छापावाल सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













