प्रविधि पत्रकार मञ्चको अध्यक्षमा उमेश पौडेल सर्वसम्मत

Thankot Times

थानकोट। 

उमेश पौडेल प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न भएको १०औ वार्षिक साधारणसभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा अनिल न्‍यौपाने र सह-सचिवमा रक्षा रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको सदस्यमा अभिशेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाश चन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नवनिर्वाचित अध्‍यक्ष उमेश पौडेलले संस्थाको हित र प्रविधिको पक्षमा सदैव डटेर लाग्‍ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ संस्थाको गरिमालाई डग्मगाउन दिनेछैंन । प्रविधिको पक्षमा हामी डटेर लाग्‍ने छौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *