यसकारण नागढुंगा नाकामा समातिए ३७ वर्षीय शेख

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थसहित एक जना युवालाई पक्राउ गरेको छ ।

प्रहरीले अवैध लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ २ ग्रामसहित रौतहट राजपुर फरहदबा नगरपालिका-४ घर भएका ३७ वर्षीय शेख मालिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सर्लाहीदखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २४१६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *