सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सो सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













