कलंकी मालपोत कार्यालयबाट भदौ महिनामा पाँच सय ९४ वटा घरजग्गा कारोबार

Thankot Times

थानकोट ।

काठमाडाैं उपत्यकामा घरजग्गा कारोबार बढेसँगै कित्ताकाट पनि बढेको छ।

काठमाडौं उपत्यकामा भदाै महिनामा घर जग्गाको कारोबार अघिल्लो महिनाको तुलनामा बढेको छ ।

गत साउन महिनामा १ हजार ७ सय ६० को संख्यामा घरजग्गा कारोबार बढेको थियो। यो संख्या भदौमा १९ सय ५० पुगेको छ।

साउनमा चार सय ८१ संख्यामा जग्गा कित्ताकाट भएकोमा भदौमा पाँच सय ३२ संख्यामा भएको छ।

पछिल्ला २ महिनामा काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।

कलंकी कार्यालयबाट भदौ महिनामा पाँच सय ९४ संख्यामा घरजग्गा कारोबार भएको छ।

यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *