सुन चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेकोे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । 

आज सुन तोलामा एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *