नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
थानकोट ।
कारोबार हुने साताको पाँचाै दिन नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













