उपत्यकाव्यापी वक्तृत्वकलामा ब्राइट फ्युचरकी सान्भी पहिलो, शान्ति गीत गायनमा आरोही दोश्रो
थानकोट ।
विश्व शान्ति दिवस २०२३ का अवसरमा शान्ति शिक्षा सञ्जाल नेपाल (पेन) ले आयोजना गरेको काठमाडाैं उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापस्थितस्थित ब्राइट फ्युचर मावि प्रथम भएको छ ।
यसैगरी सोही संस्थाले आयोजना गरेको काठमाडाैं उपत्यकाव्यापी शान्ति गीत गायत प्रतियोगितामा ब्राइट फ्युचर मावि दोश्रो भएको छ ।
गत बुधबार तीनकुनेस्थित भीएस निकेतन स्कुलमा सम्पन्न काठमाडाैं उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता (इङ्लिस ओरेटोरी) मा ब्राइट फ्युचरकी छात्रा सान्भी चौधरी प्रथम भएकी हुन्।
यसैगरी ‘शान्ति गीत’ प्रतियोगितामा ब्राइट फ्युचरकी आरोही पौडेल दोस्रो स्थान हासिल गरिन् ।
विजेताहरूलाई इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्टका प्रिन्सिपल बालानन्द शर्माले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा डा. किरण प्रधान, संगीतकर्मी संगीता प्रधान, प्रदीप बम्जन, ब्राइट फ्युचर माविका अध्यक्ष मोहन कार्की, शान्ति शिक्षा सञ्जाल नेपाल (पेन) का अध्यक्ष बिएन शर्मालगायत उपस्थित थिए।













