नेकपा एमाले चन्द्रागिरि-७ को अध्यक्षमा महावीर खड्का चयन
थानकोट ।
महावीर खड्का नेकपा एमाले चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थानको वडा कमिटि अध्यक्ष चयन भएका छन् ।
सो पार्टीको मिसन ग्रासरुट अभियान र काठमाण्डौं जिल्ला कमिटीको विशेष अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा आवश्यक अद्यावधिक, संगठन कमिटि निर्माण एवं अधिवेशन गरि संगठनको जीवन स्वस्थ बनाउने अभियानमा अन्तर्गत सो वडामा पदाधिकारीहरू चयन गरिएको बताइएको छ ।
जसअनुसार सो पार्टीको चन्द्रागिरि नगरपालिका वडा नं. ७ को अध्यक्षमा खड्का सर्वसम्मत भएका हुन् ।
यसैगरी अरुणा लामा उपाध्यक्षमा चयन हुँदा कृष्ण लामिछाने सचिव चुनिएको सो पार्टीले जनाएको छ ।
सहसचिवमा क्रमश निर्मला महत र दिपक पाैडेल सर्वसम्मत भएका छन् ।
नेकपा एमाले चन्द्रागिरि ७ वडा कमिटिकाे शनिबार सम्पन्न पूर्ण कमिटि बैठकले २३ सदस्यीय पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेकाे बताइएको छ।














पार्टीको जिम्मेवारिराम्रो सङ बहन गर्नुहोल शुभकामन छ