सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको छ ।

छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *