यसकारण नागढुंगा नाकाबाट समातिए २९ वर्षीय टंकबहादुर
थानकोट ।
नेपाल प्रहरीले संघीय राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका चन्द्रागिरि नगरपालिका-०२ नागढुंगाबाट एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
नागढुंगा नाकामा आइतबार दिउँसो नियमित रूपमा सवारी चेक जाँचका क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंक बहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो पदार्थ ९ ग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रणको संयुक्त टोलीले बा. प्र ०३-००१ ख २५१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मगरलाई पक्राउ गरेको हो ।












