सुन चाँदीको मूल्यमा सामान्य गिरावट
थानकोट ।
नेपाली बजारमा कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।
छापावाल सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













