पाँच देश सम्मिलित तेक्वान्दो च्याम्पियनसिपमा चन्द्रागिरि डोजाङलाई १८ स्वर्णसहित २६ पदक

Thankot Times

थानकोट ।

नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका खेलाडी सम्मिलित चाैथो नेपाल खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ मा चन्द्रागिरि डोजाङले १८ स्वर्णसहित २६ पदक प्राप्त गरेको छ ।

असोज ५ देखी ७ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा थानकोटस्थित चन्द्रागिरि डोजाङका १२० जना खेलाडी सहभागी भएका थिए । सो प्रतियोगिता थानकोट डोजाङले १८ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको हो ।

प्रतियोगितामा पुम्सेतर्फ चन्द्रागिरि डोजाङका प्रमुख प्रशिक्षक सुवास तामाङले १८ देखी ३० वर्ष मुनी उमेर समुहमा स्वर्ण पदक प्राप्त गरेका छन् ।

चन्द्रागिरि डोजाङ समग्रममा प्रतियोगिताको टिम च्याम्पियन भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *