अब चित्लाङ मै प्याराग्लाडिङ गर्न पाइने !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरसँग सीमा जोडिएको मकवानपुर जिल्लाको थाहा नगरपालिका-९ चित्लाङमा प्याराग्लाइडिङ सुरु गरिएको छ।
यसअघि पनि थाहा १ को कुटिप्वाल र थाहा १२ मा परिक्षण उडान भएपनी औपचारिक सुरुवात हुन सकेको थिएन ।अ

हिले चित्लाङमा पनि परिक्षण उडान भएतापनि सबै कानुनी प्रक्रिया पूरा भएको र पटक पटकको परिक्षण उडान सफल भैसकेकोले अब निरन्तरता पाउने थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामीले बताए।

अध्यक्ष बलामीका अनुसार असोज ९ मा मात्र १८ वटा परिक्षण उडान सफल भएका छन्।
“अब हामी बृहत कार्यक्रम गरेर यस्को औपचारिक उद्घाटन गर्छौ” अध्यक्ष बलामीको भनाइ रहेको छ। लामो समयदेखि चित्लाङको आकाशमा प्याराग्लाइडिङ उडाउने सपना पूरा हुन लागेको चित्लाङका पर्यटन व्यावसायी देवेन्द्र नेपालले बताए ।

बाबू एड्भेन्चरका संचालक तथा प्रबन्ध निर्देशक सानोबाबु सुनारले प्याराग्लाइडिङ संचालनबाट स्थानीय पर्यटन व्यावसायमा उल्लेख्य टेवा पुग्ने बताए । स्थानीय राजेन्द्र बलामीले चित्लाङको पर्यटन उद्योगमा नयाँ अध्यायको सुरुवात भएको प्रतिक्रिया दिए।
यसअघि २०७५ साल असारमा थाहा नगरका युवाहरु निरोज प्रधान, रामशरण नेपाल, श्रीराम कार्की, मनोज रायमाझी र अनिल विष्टको समूहले पोखरास्थित दुनाटपरी रेस्टुरेन्टमार्फत् अलिलाई थाहानगर झिकाएर थाहा नगरपालिका-२ कुटीप्वाल डाँडाबाट थाहाको इन्द्रायणी चौर, फुलपाती चौर, बज्रबाराही र चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ उडाउन सकिने परीक्षण गरेका थिए।
अलिले १० दिन थाहानगरमा बिताएका थिए त्यसमध्ये ३ दिन ३ रात लगातार थाहा-२ को कुटिप्वाल(२,१८५ मि.) आसपास क्षेत्रमा हावाको चाप परीक्षण गर्दै प्याराग्लाइडिङ टेस्टिङ गर्दा कुटिप्वालबाट प्याराग्लाइडिङ उडाउन सकिने निष्कर्ष निकालेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *