सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको छ । चाँदी मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *