सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबार दिन सुन तोलाको एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलाको एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेको छ ।

चाँदी तोलाको एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *