मत्स्यनारायण रिक्रियशन सेन्टरमा असोज १८ गतेबाट फुटसल प्रतियोगिता, विजेतालाई २ लाख पुरस्कार

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्यनारायण रिक्रियशन सेन्टरको आयोजनामा प्रथम मत्स्यनारायण रिक्रियशन ओपन फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

असोज १८ देखी २० गते सम्म सञ्चालन हुने सो प्रतियोगिता आयोजक मत्स्य नारायण रिक्रियशन सेन्टरकै  एरिना सञ्चालन हुनेछ ।

सेभेन ए साइड शैलीको प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख रूपैयाँ पुरस्कार पाउने सो सेन्टरका निर्देशक सन्जिव महर्जनले जानकारी दिए । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी, उच्च गोल कर्ता तथा उत्कृष्ठ गोलरक्षकले जनही ७ हजार ५ सय रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा भाग लिनका लागि असोज १५ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ, जसका लागि ९ हजार रूपैयाँ दर्ता शुल्क तोकिएको मत्स्यनारायण रिक्रियशन सेन्टरले जनाएको छ। प्रतियोगितामा बढीमा ३२ टोलीको सहभागिता रहने बताइएको छ ।

मत्स्यनारायण रिक्रियशन सेन्टरमा चन्द्रागिरि नगरमै ७ ए फर्म्याटको एक मात्रै एरिना रहेको छ । सो सेन्टर २०७६ सालदेखी सञ्चालनमा रहेको छ ।  जहाँ पाैडी पोखरी तथा जीम हल समेत सञ्चालनमा रहेको छ भने निकट भविष्यमा भोज घर (पार्टी प्यालेस) पनि सञ्चालन हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *