थानकोटमा एक महिला मृत फेला
थानकोट ।
चन्द्रागिरि नगरपालिका ३ थानकोटमा एक महिला मृत अवस्थामा फेला परेको खबर छ ।
प्रहरी वृत्त थानकोटका अनुसार चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित महाशक्ति पेट्रोल पम्पनजिकैको एक ग्यारेजमा ३२ वर्षीया महिला मृत फेला परेकी हुन् ।
उदयपुर ताप्ली गाउँपालिका-३ घर भई चन्द्रागिरि नगरपालिका-२ वाँडभञ्ज्याङ बस्ने ३२ वर्षीय देविका राई शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरी वृत्त थानकोटले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।












