नेपाली कांग्रेसको दलित संघको अध्यक्ष पदमा लोकबहादुर विश्वकर्मा नियुक्त

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । गत साउन १० गते बसेको नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई सो पदमा नियुक्त गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई संघ स्वतः विघटन भएपछि  विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *