नेकपा एमाले चन्द्रागिरि-३ को अध्यक्षमा इन्द्रभक्त गोपाली चयन

Thankot Times

थानकोट ।

इन्द्रभक्त गोपाली नेकपा एमाले चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटको वडा कमिटि अध्यक्ष चयन भएका छन् ।

सो पार्टीको मिसन ग्रासरुट अभियान र काठमाण्डौं जिल्ला कमिटीको विशेष अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा आवश्यक अद्यावधिक, संगठन कमिटि निर्माण एवं अधिवेशन गरि संगठनको जीवन स्वस्थ बनाउने अभियानमा अन्तर्गत सो वडामा पदाधिकारीहरू चयन गरिएको बताइएको छ ।

जसअनुसार सो पार्टीको चन्द्रागिरि नगरपालिका वडा नं. ३ को अध्यक्षमा गोपाली सर्वसम्मत भएका हुन् ।

यसैगरी प्रेम बहादुर पोखरेल उपाध्यक्षमा चयन हुँदा जनक महर्जन सचिव चुनिएको सो पार्टीले जनाएको छ ।

उपसचिवमा क्रमश रमिला महर्जन र दुर्गा गोपाली सर्वसम्मत भएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बेलीमाया घलेको उपस्थितिमा अद्यावधिक गरिएको चन्द्रागिरि वडा नं. ३ को कमिटि सदस्यमा क्रमश इन्दिरा भट्ट, गिता सिजाली मगर, राधा श्रेष्ठ, हरिश महर्जन, बिमला महर्जन, प्रसन्न लामा, टिका बज्राचार्य, टेक कुमारी क्षेत्री, सिता दाहाल पोखरेल, कल्पना लुइँटेल, सिता नेपाल, धर्म महर्जन, कविराम घर्ती र राम चन्द्र अर्याल सर्वसम्मत भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *