सोनापुर मिनरल्सको आईपीओ निष्कासन, असोज १७ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट । 

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका लागि आइतबारदेखि निष्कासन गरेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असोज १७ गते हुनेछ । उक्त अवधिसम्म मागानुसार आवेदन नपरेमा असोज २८ गतेसम्म समय थप हुने कम्पनीले जानकारी दिएको छ ।

यो उद्योग दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको छ । ०६९ सालदेखि उद्योगले उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *