नियमित मर्मत कार्यका लागि असोज १७ र १८ गते मनकामना केबलकार सेवा बन्द हुने
थानकोट ।
चितवनस्थित मनकामना केबलकार सेवा असोज १७ गते बुधबार र १८ गते बिहीबार बन्द हुने भएको छ ।
नियमित मर्मत कार्यका लागि ती दिन केबलकार सेवा बन्द हुन लागेको मनकामना केबलकार प्रा.लि.ले जनाएको छ।
गोरखास्थित मनकामना मन्दिर क्षेत्र पुग्नका लागि दैनिक दशाैं हजार स्वदेशी तथा विदेशीहरूले केबलकार प्रयोग गर्ने गर्दछन्।
असोज १९ गते शुक्रबारबाट भने केबलकार नियमित रूपमा सञ्चालन हुने मनकामना केबलकार प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।














