काठमाडौंका यी स्थानमा आज सवारी आवागमन प्रभावित हुने

Thankot Times

थानकोट ।

काठमाडौंका केही स्थानमा आज सोमबार सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं,  इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन पाइने छैन ।

काठमाडौं महानगरले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।
Indra-jatra-sawari-1696209095.jpg


Leave a Reply

Your email address will not be published. Required fields are marked *