१९औं एसियाडः कास्य पदक नजिक नेपाली महिला कबड्डी टिम

Thankot Times

थानकोट ।

जारी १९औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम कास्यपदक नजिक पुगेको छ ।

सोमबार बिहान भएको खेलमा बंगलादेशलाई ३७-२४ ले हराउँदै नेपाली टिम पदक नजिक पुगेको हो ।

महिला कबड्डीको सेमिफाइनलमा स्थान बनाउने टिमले कास्य पाउने हुँदा नेपालको पदक सम्भावना बलियो बनेको छ ।

नेपाल एसियाडको महिला कबड्डीको समूह ’बी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश र इरान छन् ।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेलमा भोलि इरानको समना गर्नेछ सो खेल नेपालले जिते नेपाल सेमीफाइनलमा पुग्नेछ ।

यसैगरी बुधबार इरान र बंगलादेशबीच खेल हुने सो खेलमा बंगलादेश पराजित भएमा पनि नेपालको सेमीफाइनल यात्रा निश्चित हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *