राष्ट्रपति पाैडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम राईले सोमबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *