चन्द्रागिरि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी २५ हजार घुस लिएको अभियोगमा पक्राउ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा कार्यरत एक असिस्टेन्ट सब-इन्जिनियरलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ ।

चन्द्रागिरि नगरपालिका अन्तर्गत वडा कार्यालयमा कार्यरत सब-इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम बरामद गरेको छ ।

सतुगंलस्थित खाजा पसलबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सह-सचिव दाहालले जानकारी दिए ।

घर निर्माण सम्पन्न भएको प्रमाण पत्र उपलब्ध गराएबापत असिस्टेन्ट सब-इन्जिनियर विजया लक्ष्मी पन्तले घुस मागेको अख्तियारबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


One thought on “चन्द्रागिरि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी २५ हजार घुस लिएको अभियोगमा पक्राउ

  1. ल, हाम्रो घर तिर पनी सिंहदरबार छिरे छ त ? हैट , लाज मर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *