नेकपा एमाले कोसी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

Thankot Times

थानकोट ।

नेकपा (एमाले) कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए ।

मनास्लु पार्टी प्यालेसमा आइतबारराति अबेरसम्म मतदान भएको थियो ।

उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् ।

सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजबंशी निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *