सुनको मूल्य लगातार ओरालो लाग्दै

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । 

मंगलबार नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ३० रुपैयाँ घटेर कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *