सुनको मूल्य बढ्दा चाँदीको स्थिर
थानकोट ।
काराेबार हुने साताको चाैथाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर भएको छ। सुनमा प्रतितोला ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार हुनेछ।
मंगलबार छापावाल सुन तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन १ लाख ६ हजार १ सय र चाँदी १ हजार ३ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।













