माल्टा पठाइदिन्छु भनी ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा थानकोटका रञ्जन पक्राउ

Thankot Times

थानकोट ।

माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास घइ भई हाल  थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डे रहेका छन् ।

उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको सामाशुखीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *