२० रूपैयाँको नयाँ नोट जारी गर्दै राष्ट्र बैंक
थानकोट ।
नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नयाँ नोट जारी गर्ने भएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै बैंकले आजबाट साबिककै आकार तथा रङ्गका २० रूपैयाँका नोट चलन चल्तीमा आउने बताएको हो । नोटमा सगरमाथा र लाली गुराँसको पानी छाप रहनेछ ।
ती नोटमा वि.सं. २०७९ उल्लेख हुने राष्ट्र बैंकले जनाएको छ ।














